काठमाडौं उपत्यकामा जोर बिजोर हट्यो

काठमाडौं उपत्यकामा जोर बिजोर हट्यो

काठमाडौं उपत्यकामा जोर बिजोर हटेको छ।

आइतवार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले काठमाडौं उपत्यकामा मंगलबारबाट जोर बिजोर हटाउने निर्णय गरेको हाे।

निषेधाज्ञाका प्रावधानहरूलाई पहिलेकोभन्दा धेरै नै खुकुलो बनाउँदै त्यसलाई एक साता बढाउने निर्णय  बै‌ठकले  निर्णय गरेको हो।

सार्वजनिक यातायातका टेम्पो तथा निलो माइक्रोमा ९ जनाभन्दा यात्रु नबढ्ने गरी सञ्चालन गर्न पाइनेछ।

बसका हकमा भने कुल स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन।

त्यस्तै विभिन्न निकायबाट पूर्वनिर्धारित लिखित र प्रयोगात्मक परीक्षणाहरू सीमित सङ्ख्यामा परीक्षार्थी राखेर सञ्चालन गर्न पाइने भएको छ।

रेस्टुराँ लगायतबाट प्रदान हुने ‘टेक अवे’ र होम डेलिभरी सेवा भने साँझ ७ बजेसम्म चलाउन पाइनेछ।

नयाँ नियम अनुसार अत्यावश्यक कामले काठमाण्डू उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनको हकमा सम्बन्धित जिप्रकाबाट स्वीकृति लिएर प्रवेश पाउने व्यवस्था गरिएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.