युरोकप  २०२० लगायतका खेलहरुमा सट्टाबाजी गर्ने ८ जना पक्राउ, को-को पक्राउ परे

युरोकप  २०२० लगायतका खेलहरुमा सट्टाबाजी गर्ने ८ जना पक्राउ, को-को पक्राउ परे

हाल संचालन भइरहेको युरोकप-२०२० लगायतका खेलहरुमा सट्टाबाजी गरेको अभियोगमा नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल सहित ८ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं ढोकाटोल बस्ने ४७ वर्षीय जिवन लामा, काठमाडौं कुलेश्वर बस्ने पर्सा वीरगंज महानगरपालिका-७ घर भएका ४६ वर्षीय सुरज टिवडेवाल, भारत बिहार पूर्बिचम्पारण रक्सौल घर भएका ४६ वर्षीय अशोक कुमार गुप्ता, काठमाडौं धापासी बस्ने चितवन खैरहनी नगरपालिका-५ टरौली घर भएका ४५ वर्षीय गोबिन्द प्रसाद आचार्य, काठमाडौं इन्द्रचोक बस्ने भारत हरियाना विवरनी घर भएका ४९ वर्षीय राजेश कुमार अग्रवाल, काठमाडौं क्षेत्रपाटी बस्ने भारत राजस्थान झुनझुन सुरजगढ घर भएका ३३ वर्षीय सुचित डालमिया अग्रवाल र काठमाडौं मरुटोल बस्ने मोरङ बिराटनगर नगरपालिका-७ घर भएका ४६ वर्षीय अमरनाथ गुप्ता रहेका छन् ।

युरोकप-२०२० र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन मार्फत् ठूलो रकमको बाजी राख्न लगाई काठमाडौंका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थानबाट अनलाईन बेटिङ गरी नगदी कारोबार समेत गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । साथै बिभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको रकम आइएमईबाट पठाइने र लिने गरी कारोबार गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीले जारी गरेको प्रेस नोट-

” युरोकप – २०२० लगायतका खेलहरुमा सट्टाबाजी गर्ने ब्यक्तिहरु नगद सहित पक्राउ ”
घटना विवरण :-
हाल युरोप र अमेरिकामा संचालन भईरहेको युरोकप-२०२० र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उदेश्य राखी ठूलो रकमको बाजी राख्न लगाई काठमाण्डौका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गरेको भन्ने गोप्य सुचनाको आधारमा यस महानगरीय अपराध महाशाखाबाट मिति २०७८।०३।२१ गते खटिएको बिशेष टोलीले काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थान बाट Online Betting गरि नगदी कारोबार समेत गरिरहेको अवस्थामा ८ जना व्यक्तिहरुलाई नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल सहित पक्राउ गरि पक्राउ परेका निज व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरि आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी परीसर काठमाण्डौ पठाईएको ।
साथै त्यसरी बिभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको पैसा IME बाट पठाइने र लिने गरि कारोबार गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट बुझिएको ।
पक्राउ परेका व्यक्तिहरु :-
१.जिल्ला काठमाण्डौ का.म.न.पा.४ सुकेधारा बस्ने बर्ष ५७ को राजेन्द्र श्रेष्ठ प्रधान ।
२.जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१९ ढोकाटोल बस्ने बर्ष ४७ को जिवन लामा ।
३.जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं.७ घर भई हाल का.जि.कुलेश्वर बस्ने बर्ष ४६ को सुरज टिवडेवाल ।
४.भारत बिहार पुर्बिचम्पारण जिल्ला रक्सौल घर भई हाल का.जि कुलेश्वर बस्ने बर्ष ४६ अशोक कुमार गुप्ता ।
५.जिल्ला चितवन खैरहनी न.पा.वडा नं.५ टरौली घर भई हाल का.जि.धापासी बस्ने बर्ष ४५ को गोबिन्द प्रसाद आचार्य ।
६.भारत हरियाना विवरनी जिल्ला घर भई हाल का.जि. इन्द्रचोक बस्ने बर्ष ४९ को राजेश कुमार अग्रवाल ।
७.भारत राजस्थान झुनझुन जिल्ला सुरजगढ घर भई हाल का.जि. क्षेत्रपाटी बस्ने वर्ष ३३ को सुचित डालमिया अग्रवाल ।
८.जिल्ला मोरङ बिराटनगर नगरपालिका वडा नं. ७ घर भई का.जि. मरुटोल बस्ने बर्ष ४६ को अमरनाथ गुप्ता ।
जम्मा बरामद भएको रकम :- रु. ३४,६५,५०५ ।-

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.