उदयपुरमा ३७ वर्षीया महिलामाथि सामूहिक बलात्कार

उदयपुरमा ३७ वर्षीया महिलामाथि सामूहिक बलात्कार

उदउपुरमा ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उदयपुरगढी गाउँपालिका-६ सिन्कौले बस्ने २३ वर्षीय मदन पुलामी मगर, २० वर्षीय सुमन थापा र सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोरहरू रहेका छन् ।

उनीहरूले ती महिलालाई यही असार १५ गते राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थाई प्रहरी पोष्ट नेपालटारबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.