गृह मन्त्रीमा बालकृष्ण खाँण

गृह मन्त्रीमा बालकृष्ण खाँण

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गरेका छन।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा देउवालाई सपथ गराएपछि देउवाले मन्त्रिमण्डल विस्तार गरेका हुन।

गृह मन्त्रालयमा बालकृष्ण खाँण, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामा पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरिएको छ ।

नेबिसंघबाट नेपाली कांग्रेसको राजनीति सुरू गरे खाँण नेविसंघको अध्यक्ष पनि भएका थिए।

पछि तरूण दलको अध्यक्ष भए। २०४८ सालको निर्वाचनमा रुपन्देहीबाट निर्वाचित खाँण २०६४ र २०७० मा समेत निर्वाचित भएका हुन्।

उनी अहिले समानुपातिक सांसद हुन्। उनी २०६१ सालमा देउवा नेतृत्वको सरकारमा शिक्षा राज्यमन्त्री बनेका थिए।

२०६६ मा माधव नेपाल नेतृत्वको सरकारमा सिंचाई मन्त्री बनेका खाँण २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्डको सरकारमा रक्षा मन्त्री बनेका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.