गृह मन्त्रालयले प्रहरी हेडक्वाटरलाई भन्यो, एआइजी सरुवा रोक्नु

गृह मन्त्रालयले प्रहरी हेडक्वाटरलाई भन्यो, एआइजी सरुवा रोक्नु

गृह मन्त्रालयले केही दिन अघि भएको एआइजी सरुवा रोक्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। स्रोतका अनुसार नयाँ गृहमन्त्री बालकृष्ण खाँडले एआइजी सरुवा रोक्न निर्देशन दिएका हुन।

केपी शर्मा ओली नेतृत्वको सरकारले यही असार २५ गते ४ जना एआइजीको सरुवा गरेको थियो।

जसमा महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पाललाई कार्य विभाग, उनको स्थानमा प्रद्युम्न कार्की, अपराध अनुसन्धानमा निरज शाही, एकेडेमीमा विश्वराज पोखरेलको सरुवा गरिएको थियो।

पालको ७ महिनामै सरुवा भएपछि सर्वत्र आलोचना भएको थियो। एआईजी पाल ०७७ मंसिर २५ मा महानगरीय प्रहरी कार्यालय सम्हाल्न आइपुगेका थिए।

उनलाइ राजनीतिक खिचातानीका कारण सरुवा गरिएको भन्दै आलाेचना भएपछि एआइजी सरुवा रोक्न निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.