प्रधानमन्त्रीले गृहमन्त्री र आइजिपीसँग लिए निर्मला पन्तबारे अहिलेसम्म भएको अनुसन्धान

प्रधानमन्त्रीले गृहमन्त्री र आइजिपीसँग लिए निर्मला पन्तबारे अहिलेसम्म भएको अनुसन्धान

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्याबारे गृहमन्त्री र आइजिपीसँग अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएका छन।

निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन गृह मन्त्री बालकृष्ण खाँण र आइजिपी शैलेश थापा क्षेत्रीसँग अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएका हुन।

चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न देउवाले निर्देशन दिएका छन।

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउनसकेको छैन ।

३ वर्षअघि साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।

मुलुककै ध्यान कञ्चनपुरमा केन्द्रित हुनुका साथै सबैतिर निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै विरोध एवं दवाव कार्यक्रमहरू भइरहेका बेला घटनाको अनुसन्धानमा खटिएको प्रहरीको अनुसन्धान टोली, प्रहरीकै केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को टोलीले अनुसन्धान तीव्र पारे पनि अभियुक्त नजिक भने पुग्नसकेको छैन ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.