छिन्नमस्ता मन्दिरबाट चोरी भएको मुकुट सहित १ जना पक्राउ

छिन्नमस्ता मन्दिरबाट चोरी भएको मुकुट सहित १ जना पक्राउ

छिन्नमस्ता गाउँपालिका-१ स्थित छिन्नमस्ता मन्दिरबाट चोरी भएको ५ सय ८ ग्राम चाँदीको मुकुट सहित बिष्णुपुर गाउँपालिका-५ बस्ने २३ वर्षीय राजेश कुमार मण्डललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त मन्दिरमा आइतबार राति चोरी भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले टोलीले उनलाई उक्त मुकुट सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.