नक्कली नोट सहित २ जना पक्राउ

नक्कली नोट सहित २ जना पक्राउ

देवानगंज गाउँपालिका-२ मध्यहर्षाईस्थित पेट्रोल पम्पबाट १ सय रुपैयाँ दरका १६ थान नक्कली नेपाली नोट सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा भारत अररिया रामनगर बस्ने ४० वर्षीय नबल किशोर पाल र ३२ वर्षीय सुमन पाल रहेका छन् । बीआर ५० एस ८४०६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.