रौतहटमा दुई पत्रकारको झगडा उत्कर्षमा

रौतहटमा दुई पत्रकारको झगडा उत्कर्षमा

रौतहटमा दुई पत्रकारको झगडा उत्कर्षमा पुगेको छ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटका सहसचिव संजय सहनी र पत्रकार मोहम्मद मोजिबुल्लाहको झगडाले चर्को रुप लिएको छ।

आफूसँग झगडा भएपछि पत्रकार सहनीले तल्लो तहमा गिरेका छन। उनले प्रहरी प्रयोग गरेर मोजिबुल्लाहलाई लागु औषध मुद्दामा फसाएका छन।

तर प्रहरीले अनुसन्धानको दायरा बढाउँदै लगेपछि मोजिबुल्लाहमाथि सहनीले ब्यवसायिक रिस फेर्ने लागुऔषध मुद्दामा फसाइएको निष्कर्ष निकालेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटले निर्दोष व्यक्तिलाई लागुऔषध मुद्दामा फसाइएको भन्दै दुई जनालाई पक्राउ गरेको छ।

माधवनारायण १ बस्ने वर्ष २४ को धिरज यादव र सर्लाही रामनगर गाउँपालिका वडा नं १ बहुअर्वा बस्ने वर्ष २३ को जितेश कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यो घटनामा पत्रकार महासंघ रौतहटका सहसचिव संजय सहनी मुख्य योजनाकार रहेको एसपी सिद्धिविक्रम शाहले जानकारी दिए।

उनीहरूले प्रहरी नै प्रयोग गरेर निर्दोष व्यक्तिलाई पक्राउ गरेको प्रहरीको निष्कर्ष छ।

गत साउन ३२ गते प्रहरीले लागुऔषधसहित पत्रकार मोहम्मद मोजिबुल्लाहलाई पक्राउ गरेको थियो।
उनीहरुले सई उदय प्रसाद यादव र जवान मनोज साह कानुलाई बोलाई कुराकानी गरी पक्राउ गर्न लगाएको खुल्न आएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.