औषधी उपचारमा संलग्न १० जना विचौलिया पक्राउ

औषधी उपचारमा संलग्न १० जना विचौलिया पक्राउ

औषधी उपचारमा संलग्न १० जना विचौलियालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटीूयहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैनू भन्ने जस्ता अफवाह फैलाएको आरोपमा उनीहरु पक्राउ परेका छन।

विरामी तथा आफन्तहरूलाई झुक्यानमा पारी आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरु-
१) जिल्ला सुनसरी दुहवी ६ बस्ने बर्ष ५४ को श्रीराम चौधरी
२) जिल्ला सिरहा-२ बस्ने बर्ष २० को सुर्य नारायण यादव
३) जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं.-३ बस्ने बर्ष ४२ को मो.जलिद
४) जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-७ बस्ने बर्ष १८ को विश्वास मण्डल
५) ऐऐ १४ बस्ने बर्ष २३ को रोशन गुप्ता
६) ऐऐ ४ बस्ने बर्ष १९ को सुजित यादव
७) ऐऐ ५ बस्ने बर्ष २२ को फिरोज रोय
८) ऐऐ ५ बस्ने बर्ष २१ को समिर खान
९) ऐऐ ५ बस्ने बर्ष १८ को सरोज खान
१०) ऐऐ ३ बस्ने बर्ष १८ को अमित यादव
Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.