डेढ महिनापछि फेरि एआईजीहरुको सरुवा

डेढ महिनापछि फेरि एआईजीहरुको सरुवा

नेपाल प्रहरीको एआईजीहरुको सरुवा भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको एआईजीहरुको सरुवा गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका एआईजी हरि पाललाई भने सरकारले त्यही राखेको छ। उनको समय नपुगेको कारण सरुवा नगरिएको स्रोतले जनाएको छ।

अपराध अनुसन्धान विभागमा रहेका एआईजी विश्वराज पोखरेलको मानव स्रोत एवं प्रशासन विभागमा सरुवा भएको छ भने सहकुल थापालाई कार्य विभागको जिम्मा दिइएको छ ।

प्रहरी एकेडेमीमा रहेका एआईजी प्रद्युम्न कार्कीलाई अपराध अनुसन्धान विभाग र एकेडेमीमा एआईजी निरज शाहीको सरुवा गरिएको छ ।

सरकारले डेढ महिना अघि पनि यी एआइजीहरुको सरुवा गरेको थियो, तर शेर बहादुर देउवा सरकार गठन हुनासाथ गृहमन्त्री बालकृष्ण खाँणले मौखिक रुपमा ओली सरकारले गरेका एआइजी सरुवा कार्यान्वयन नगर्न निर्देशन दिएका थिए।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.