१ किलो ८ सय ५० ग्राम यार्सागुम्बा सहित ४ जना पक्राउ

१ किलो ८ सय ५० ग्राम यार्सागुम्बा सहित ४ जना पक्राउ

काठमाडौं, १८ भदौ

काठमाडौं महानगरपालिका सामाखुसीबाट १ किलो ८ सय ५० ग्राम यार्सागुम्बा सहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं सामाखुसी डेरा गरी बस्ने गोरखा चुमनुब्री गाउँपालिका-३ घर भएका ४८ वर्षीय डुण्डुप गुरुङ, काठमाडौं नयाँबसपार्क बस्ने लमजुङ मर्स्याङदी गाउँपालिका-६ बाहुनडाँडा घर भएका ५० वर्षीय बेल बहादुर थापा, काठमाडौं बानिँयाटार बस्ने लमजुङ बेशीसहर नगरपालिका-११ चिति घर भएका ४० वर्षीय कृष्ण परियार र काठमाडौं तारेकेश्वर बस्ने प्युठान खलङ्गा नगरपालिका-११ गजुरी बस्ने ४७ वर्षीय दान बहादुर जिसी रहेका छन् ।

अवैध रुपमा यार्सागुम्बाको कारोबार भइरहेको भन्ने सूचानाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले बिक्री बितरण गर्ने उद्देश्यले डुण्डुपको डेरामा लुकाई राखेको अवस्थामा उक्त यार्सागुम्बा सहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको उक्त व्यूरोले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.