
२ सय ९६ कार्टुन मदिरा सहित ४ जना पक्राउ
विभिन्न ब्राण्डका मदिराहरु भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारोबार गरेको अभियोगमा उपत्यकाका रामकोट, बानेश्वर, कपन लगायत विभिन्न स्थानहरूबाट २ सय ९६ कार्टुन मदिरा सहित ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्ने पर्सा गादी गाविस-८ ठेगाना भएका ३९ वर्षीय सन्तोष चन्द्र बख्रेल, काठमाडौं कागेश्वरीमनहरा नगरपालिका-६ बस्ने ३० वर्षीय शैलेश पन्त, काठमाडौं हाँडीगाउँ बस्ने पर्सा सुवर्णपुर गाविस-५ ठेगाना भएका २८ वर्षीय रविन पाख्रिन र काठमाडौं चावहिल बस्ने सर्लाही वरथहवा नगरपालिका-९ ठेगाना भएका ३८ वर्षीय नारायण प्रसाद घिमिरे रहेका छन् ।
सन्तोष चन्द्र बख्रेल समेतका व्यक्तिहरूले विभिन्न ब्राण्डका मदिरा चोरी पैठारी गरी कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कारोबारमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा रवि भन्ने भारतीय नागरिक र सन्तोषको योजनामा भारतबाट राजश्व छली विभिन्न ब्राण्डका मदिराहरू बिक्री गर्ने गरेको, सन्तोषले विगत ३ महिना अगावै ६ सय ६० कार्टुन ब्ल्याक लेवल, रेड लेवल, चिभास रिगल र ऐब्सुलेट भोड्का ल्याई गैर कानूनी रुपमा बिक्री गरेको तथा बजारमा बिक्री गर्न ईन्फिनिटि लिक्योर मुलपानीका संचालक शैलेशसँग मिलेर काम गर्दै आएको, नारायणले उक्त ब्राण्डका मदिराहरू डिउट फ्रिको हो भनि ग्राहकलाई विश्वास दिलाई बिक्री गर्दै आएको तथा उक्त मदिराहरू विशेषतः पार्टी प्यालेसमा बिक्री गर्ने गरेको खुल्न आएको छ ।
उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको तथा बरामद मदिराहरुको गुणस्तर परीक्षणको लागि समेत पठाइएको उक्त महाशाखाले जनाएको छ ।
अरु समाचार
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...
अनुसन्धानमा अब्बल रहेका एसएसपी खत्री काठमा...
नेपाल प्रहरीका ५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको समेत काज सरूवा गरिए...
२ केजी सुनसहित २ जना पक्राउ
रसुवा, गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रूवेशीबाट सुन जस्तो देखिने पहे...
रातो पासपोर्ट काण्ड
पाँच वर्षअघि सिआइबीले दुई बहालवाला सभासद्लाई पक्राउ गरेको थियो । सु...
बलात्कार गरी हत्या गरेको १२ वर्षपछि जो समातिए
काठमाडौं, १३ असार कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मकवानपुर हे...