
सुन जस्तो देखिने पँहेलो धातु र डलर जस्तो नोटहरु सहित मानिस पक्राउ
सुन जस्तो देखिने पँहेलो धातु र डलर जस्तो नोटहरु सहित धादिङमा २ जना मानिस पक्राउ परेका छन।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले नीलकण्ठ नगरपालिका वडा नं. ३ धादिङबेसी थोपल खोला स्थितमा लपाङफेदीबाट धादिङबेसी आउदै गरेको ग १ ज ६७५३ नम्बरको मुस्ताङ फोर्स गाडीलाई चेकजाँच गर्दा ई जना पक्राउ परेका हुन।
उक्त गाडीको पछाडी सिटमा बसी यात्रा गरी आएका जिल्ला धादिङ खनियाबास गाउँपालिका वडा नं. ४ बस्ने बेग बहादुर तामाङ र शोभा तामाङ समेतले लुकाई छिपाई राखेको अवस्थामा 1 KILO FINE GOLD 999.9 लेखिएको बिस्कुट आकारको सुन जस्तो देखिने पंहेलो धातु थान १ (एक)‚ THE UNITED STATES OF AMERICA लेखिएको अमेरिकी डलर जस्तो देखिने ५० दरको नोट थान ९७ (सन्तानब्बे) र १०० दरको नोट थान १६३( एकसय त्रिसठ्ठी)‚ मोबाईल सेट थान २(दुई) बरामद गरी निजहरु दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।
अरु समाचार
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...
अनुसन्धानमा अब्बल रहेका एसएसपी खत्री काठमा...
नेपाल प्रहरीका ५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको समेत काज सरूवा गरिए...
२ केजी सुनसहित २ जना पक्राउ
रसुवा, गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रूवेशीबाट सुन जस्तो देखिने पहे...
रातो पासपोर्ट काण्ड
पाँच वर्षअघि सिआइबीले दुई बहालवाला सभासद्लाई पक्राउ गरेको थियो । सु...
बलात्कार गरी हत्या गरेको १२ वर्षपछि जो समातिए
काठमाडौं, १३ असार कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मकवानपुर हे...