हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी अधिकृतलाइ आइजिपीले के भने

हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी अधिकृतलाइ आइजिपीले के भने

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी अधिकृतहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन दिनुभएको छ ।

प्रहरी महानिरीक्षक सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण एवम् जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर काम गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ । उहाँले भन्सार नाकाबाट भित्रिएका सामानहरूको चेकजाँचमा कडाई गरी राजश्व संकलनलाई बढोत्तरी गर्न स्थानीय निकाय तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी तस्करी नियन्त्रणमा अझ बढी आक्रमक भई काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक सिंहले कार्यालय प्रमुखको रूपमा खटिदा आफ्नो मातहतमा रहेका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई समसामायिक विषयहरुमा निर्देशन दिनुपर्नेमा जोड दिँदै उहाँले गलत काम गर्नेलाई कारवाही तथा असल प्रहरीलाई पुरस्कृत गर्दै प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनु पर्ने बताउनुभयो । फरार अपराधी पक्राउ, गुण्डागर्दी, मिटर व्याजीविरुद्ध अझ बढी आक्रामक भएर काम गर्नुपर्ने उल्लेख गर्दै विगतमा भएका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर काम गर्न उहाँले निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक सिंहले प्रहरी अधिकृतहरूले आफ्नो क्षेत्रमा नागरिकले अनुभूति गर्ने गरी प्रहरीका दैनिक काम कारवाहीहरू थप नागरिकमैत्री बनाउँदै लैजानु पर्ने उल्लेख गर्नुभयो ।

प्रहरी अधिकृतहरुले आफ्नै क्षेत्रमा हुने विभिन्न अपराधहरूको समयमा नै पहिचान गरी त्यसको नियन्त्रणका लागि आवश्यक योजना बनाई आवश्यकता अनुसार अन्य निकायसँग समन्वय र सहकार्य गर्दै आगाडि बढ्न उपस्थित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो ।

यसअघि नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक उमेश राज जोशी र कार्य विभागका प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.