
ललिता निवास जग्गा हिनामिना प्रकरण, फरार चार जना पक्राउ
काठमाडौं, १३ असार
ललिता निवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रही फरार रहेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका(५ बस्ने ६९ वर्षीय मिन बहादुर गुरूङ, सोही महानगरपालिका(७ रातोपुल बस्ने ८० वर्षीय धर्म प्रसाद गौतम, सोही महानगरपालिका(४ धुम्बाराही बस्ने ६५ वर्षीय सुधिर शाह र चन्द्रागिरी नगरपालिका(३ थानकोट बस्ने ६० वर्षीय गोपाल कार्की रहेका छन् ।
जग्गा प्राप्ती ऐन, २०१८ बमोजिम तत्कालीन श्री ५ को सरकारले मुआब्जा दिई अधिग्रहण गरी नेपाल सरकार, समरजंग कम्पनीको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका(४ बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा दर्ता कायम गरी हिनामिना गरेको सरकारी छाप दस्तखत कीर्ते मुद्दाको अनुसन्धानको क्रममा वारदात पश्चात फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर थप आवश्यक अनुसन्धान भइरहेको छ ।
अरु समाचार
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...
अनुसन्धानमा अब्बल रहेका एसएसपी खत्री काठमा...
नेपाल प्रहरीका ५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको समेत काज सरूवा गरिए...
२ केजी सुनसहित २ जना पक्राउ
रसुवा, गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रूवेशीबाट सुन जस्तो देखिने पहे...
रातो पासपोर्ट काण्ड
पाँच वर्षअघि सिआइबीले दुई बहालवाला सभासद्लाई पक्राउ गरेको थियो । सु...
बलात्कार गरी हत्या गरेको १२ वर्षपछि जो समातिए
काठमाडौं, १३ असार कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मकवानपुर हे...