विमानस्थलबाट २ किलो सुन बरामद, जुत्ता भित्र लुकाई तस्करी

विमानस्थलबाट २ किलो सुन बरामद, जुत्ता भित्र लुकाई तस्करी

क्राइमन्युज संवाददाता

त्रिभुवन विमानस्थलबाट २ किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौ आएका भारतीय नागरिक राहदानी नम्वर आर ४१५३०७४ बाहक २० वर्षीय राकेश पाडीगेला र राहदानी नम्बर पि ६८९६३१५ बाहक २७ वर्षीय सन्तोष गौड पक्राउ परेका हुन्।

शुक्रबार भन्सार छली ल्याएको करीव १ करोड ४१ लाख ९३ हजार ६ सय रुपैयाँ मुल्य बराबरको २ के.जी. ८ सय ३० ग्राम सुन सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन गेटमा प्रहरीले चेक गर्दा दुवैजनाले जुत्ता भित्र लुकाई ल्याएको अवस्थामा उक्त सुन बरामद भएको थियो ।

बरामद सुन र उनीहरुलाई प्रहरीले आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय सिनामंगलमा पठाएको छ । गृहमन्त्री रामबहादुर थापाले केही दिनअघि विमानस्थलबाट टनका टन सुन तस्करी भइरहेको बताएका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.