साढे ३३ किलो सुन काण्डमा ‘भिआइपी कनेक्सन’, प्रमाण नष्ट गर्न ३ जनाको हत्या

साढे ३३ किलो सुन काण्डमा ‘भिआइपी कनेक्सन’, प्रमाण नष्ट गर्न ३ जनाको हत्या

क्राइमन्युज संवाददाता

गत माघ ९ गते दुबइबाट काठमाडौं सुन भित्रिदैँ छ भन्ने सुराकी प्रहरीलाई आएको थियो। तर प्रहरीले सुन बरामद गर्न सकेन्। त्यसको केहीदिनपछि सुन लिएर भरिया सनम शाक्य फरार भन्ने समाचार बाहिरियो।

सुन गायव भएको ९ दिनपछि मोरङमा सुन भरिया शाक्यको शव भेटियो। जंगलमा हत्या गरिएको अवस्थामा शव भेटिएपछि अपराध महाशाखाको टोलीले अनुसन्धान अघि बढायो।

त्यस्तै शाक्यको शव भेटिएको ४ दिनपछि थाइ एयरवेजका बरिष्ठ टेक्निसियन सानु बनको विमानस्थल भित्रै दुर्घटनामा परेर मृत्यु भएको खबर आयो ।

विमानस्थलमा ट्याक्टरको ठक्करबाट उनको मृत्यु भएको भन्दै चालक सार्की लामालाई प्रहरीले नियन्त्रणमा लियो।
धरौटीमा रिहा भएका लामा अहिले बेखबर छन् । चैत ३० गते सुन प्रकरणमा पक्राउ परेका विमानस्थलमा कार्यरत लोडर प्रेमराज चौधरीले सिंहदरबार प्रहरी बृतमा आत्महत्या गरे।

साढे ३३ किलो प्रकरणमा सम्लग्न भनिएका यी ३ जनाकै हत्या भएको आशंका गरिएको छ।

‘शाक्यको त हत्या नै भएको हो, अनुसन्धानमा सम्लग्न एक प्रहरी अधिकारीले भने, ‘सानु बनलाई पनि ट्याक्टरले हानेर मारिएको हामीले आशंका गरेका छौं । प्रहरी हिरासतमा रहेका चौधरीलाई पनि आत्महत्या गर्न बाध्य बनाइएको हो कि के हो हामीे बुझिरहेका छौं ।’

‘प्रमाण नष्ट गर्न लागि सुन गायव बनाउने समूहले उनीहरुको हत्या गरेको हाम्रो निष्कर्ष छ,’गृह मन्त्रालयद्धारा गठित छानबिन समितिका एक सदस्यले जानकारी दिए।

यसमा भिआइपीहरुको पनि सम्लग्नता छ कि भनेर अनुसन्धान भइरहेको छ।

सुन प्रकरण र त्यसमा सम्लग्नहरुको हत्या हुन थालेपछि गृह मन्त्रालयले सहसचिव इश्वरी पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

समिति अहिलेसम्म २ दर्जनभन्दा बढीसँग सोधपुछ गरिसकेको छ। घटनामा सम्लग्न १५ जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० का नेता भुजुङ गुरुङसहित बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लाल बहादुर मगर, राजु महर्जन र भारतीय नागरिक महाविर गोल्यान सुन काण्डमा मुछिएका छन् ।

अपराध महाशाखाका एसएसपी दिवेश लोहनी पनि यस काण्डमा मुछिएका छन्। प्रक्रिया नपुर्याइ अनुसन्धान गरेको, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर अनुसन्धान गरेको उनीमाथि आरोप लागेको छ। लोहनीलाई प्रहरी प्रधान कार्यालयले मुख्यालयमा तानेर कार्बाही प्रक्रिया अघि बढाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.