लिभिङ टुगेदरमा बस्न नमानेपछि प्रेमिकाको हत्या

लिभिङ टुगेदरमा बस्न नमानेपछि प्रेमिकाको हत्या

क्राइमन्युज संवाददाता

काठमाडौंको टोखा ७ धापासी हाइट जाने करिडोरमा एक युवतीको शव भेटियो।

टाउकोमा गम्भीर चोट लागेको अवस्थामा युवतीको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढायो। स्थानीयको वयान र हुलियापछि प्रहरीले पर्सा ठोरी ४ घर भइ धापासीमा बस्ने ३० वर्षका विजय तामाङलाई पक्राउ गर्यो।

पक्राउपछि तामाङले लिभिङ दुगेदरमा बस्न नमानेपछि प्रेमिका गोरखाकी पुर्णिमा विकको हत्या गरेको बताएका छन्।

उनीहरु ७ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए। लेबर काम गरेकै बेला उनीहरुबीच चिनजान भएको थियो।

तामाङले प्रहरी वयानमा के भने

हामी साँझ सँगै स्थानीय भट्टीमा पसेर रक्सी खायौं । घर जाने बेलामा बाटोमा विवाद भयो। उनी घरमा नजाने भन्दै निहुँ खोज्न थालिन। उनी बेला बेलामा कोठामा आउने गरेकी पनि थिइनन् ।

मलाइ लाग्छ उनी अरु केटाहरुसँग गएकी थिइन् । घर नजाने भनेपछि मलाई रिस उठ्यो।

नजिकै रहेको ढुंगा टिपेर उनलाई हाने । कोठामा आएर खाना पकाएर खाएर सुते । विहान मलाई प्रहरीले पक्राउ गरेपछि थाहा भयो, उनको त ज्यान नै गएको रहेछ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.