प्रहरी इन्काउन्टरमा मारिएका ‘गुन्डा नाइके’ मनोज पुनका सहयोगी पक्राउ

प्रहरी इन्काउन्टरमा मारिएका ‘गुन्डा नाइके’ मनोज पुनका सहयोगी पक्राउ

क्राइमन्युज संवाददाता

प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनलाई सहयोग गर्ने ५ जना पक्राउ परेका छन् ।

रुपन्देही प्रहरीले बुटवल ७ का उत्तम आचार्य, देवदहका लेखनाथ न्यौपाने, रोशन खड्का,तुल्सीराम न्यौपाने र हरि श्रेष्ठलाई पक्राउ गरेको हो
श्रेष्ठ व्यवसायी हुन् ।

पक्राउ परेकाहरुको पुनसँग सम्पर्क देखिएको एसपी श्याम ज्ञवालीले बताए। उनीहरुले मनोज पुनलाई सुचना दिने गरेको प्रहरीले जनाएको छ।

नेपालका ब्यवसायीहरुलाई पुनले चन्दा माग्ने र रकम लिन उनीहरुलाई पठाउने भेटिएको एसपी ज्ञवालीले बताए। पुन र सहयोगी सोम आले गत फागुन ९ गते प्रहरी ईन्काउन्टरमा मारिएका थिए।

देवदहका दुर्गा तिवारीको हत्यापछि हत्यामा संलग्न श्याम बहादुर गोङबे, शालिकराम चापागाई, पारस भट्टराई लगायत १८ जनालाई प्रहरीले यसअघि पक्राउ गरिसकेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.