युवतीले विवाहको प्रस्ताव गरेपछि प्रेमीले गरे प्रेमिकाको हत्या

युवतीले विवाहको प्रस्ताव गरेपछि प्रेमीले गरे प्रेमिकाको हत्या

रुपन्देहीको ओमसतिया ६ को खेतमा यही वैशाख ४ एक किशोरी मृत अवस्थामा भेटिइन् ।

घरबाट डेढ मिटर टाढा खेतमा मृतावस्थामा उनको शव भेटियो ।

हत्या आंशकामा प्रहरीले अनुसन्धान अघि बढायो। शव भेटिएको भोलिपल्टका गाउँकै १८ वर्षीय प्रेमसागर कवट पक्राउ परे । उनले नै ती किशोरीको हत्या गरेको प्रहरीले दाबी गर्यो।

प्रेमसागर केवटले प्रहरीमा दिएको वयान

म र उनी ४ वर्षदेखि प्रेम सम्बन्धमा थियौं। वैशाख ३ गते हामी सँगै रात वितायौं ।

भोलिपल्ट युवतीका आफन्तले थाहा पाए। डरले हामी भाग्यौं ।

साँझ परेपछि युवतीले घर नजाने र भगाएर विवाह गर्न आग्रह गरिन् । मैले मानिन् । विवाद सुरु भयो ।

हात हालाहाल भयो । विवाद बढ्दै गएपछि मैले उनको घाँटी थिचेँर हत्या गरे।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.