चक्रे मिलनको हात छिनालेको केशमा दीपक मनाङे पक्राउ

चक्रे मिलनको हात छिनालेको केशमा दीपक मनाङे पक्राउ

ज्यान मार्ने उद्योग मुद्धामा दोषी ठहर भई फरार रहेका दीपक मनाङे भन्ने राजिब गुरुङ पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरले उनलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।

२०६१ बैशाख ३१ गते महाराजगंज स्थित चुफाङ रेष्टुरेन्टमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई गुरुङले धारिलो हतियार प्रहार गरी चक्रे मिलनको वाँया हात छिनाली दिएका थिए।

सो घटनामा पुनरावेदन अदालत, पाटन, ललितपुरबाट ५ वर्ष कैद सजाय हुने गरी फैसला भएकोमा उक्त फैसलालाई सदर गर्ने गरी सम्मानित सर्वोच्च अदालत समेतबाट फैसला भई उक्त मुद्दा अन्तिम किनारा लागेपछि उनी पक्राउ परेका हुन् ।

उनको खोजीका लागि प्रहरी प्रधान कार्यालय इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी गर्नका लागि पत्राचार समेत भएको थियो । उनी  प्रदेश नम्बर ४ का प्रदेश सभा सदस्य हुन्।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.