अवकाशमा गएको ११ दिनपछि पुर्व डिआइजी गोबिन्द निरौला पक्राउ

अवकाशमा गएको ११ दिनपछि पुर्व डिआइजी गोबिन्द निरौला पक्राउ

पुर्व डिआइजी गोबिन्द निरौला पक्राउ परेका छन् ।  साढे ३३ किलो  सुन तस्करीको आरोपमा उनी पक्राउ परेका हुन्।

गत फागुन ९ गते दुबइबाट तस्करी भएको साढे ३३ किलो सुन गायव भएपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो।

समितिले उनलाई आज अपरान्ह नियन्त्रणमा लिएको हो । साढे ३३ किलो सुन गायव भएपछि फागुन १९ गते  भरिया शनम शाक्यको हत्या भएको थियो।

त्यस्तै शाक्यको शव भेटिएको ४ दिनपछि थाइ एयरवेजका बरिष्ठ टेक्निसियन सानु बनको विमानस्थल भित्रै दुर्घटनामा परेर मृत्यु भएको खबर आयो । वनको मृत्यु कि हत्या यस विषयमा अनुसन्धान भइरहेको छ।

चैत ३० गते सुन प्रकरणमा पक्राउ परेका विमानस्थलमा कार्यरत लोडर प्रेमराज चौधरीले सिंहदरबार प्रहरी बृतमा आत्महत्या गरेका थिए।

सुन प्रकरण र त्यसमा सम्लग्नहरुको हत्या हुन थालेपछि गृह मन्त्रालयले सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.