सुन तस्करीमा पुर्व डिआइजीको सम्लग्नता कहाँ ?

सुन तस्करीमा पुर्व डिआइजीको सम्लग्नता कहाँ ?

पुर्व डिआइजी गोबिन्द निरौला पक्राउ परेका छन् ।

साढे ३३ किलो सुन तस्करीको आरोपमा उनी पक्राउ परेका हुन्। यसअघि पनि सुन काण्डमा मुछिएका प्रहरी अधिकारी हुन् । त्रिभुवन विमानस्थलमा डिआइजी हुदाँ उनले सुन तस्करहरुलाई सघाएको आरोप छ ।

त्यस्तै डेढ वर्ष अघि सिआइबीले समातेको ३३ किलो सुन भित्र्याउन उनले सहयोग गरेको खुल्न आएको थियो। तर उनी वहालबाला डिआइजी भएका कारण प्रहरीले पक्रन आँट गरेन् ।

त्यसबेला एसएसपी श्यामबहादुर खत्रीलाई सिआइबीले नियन्त्रणमा लिएको थियो। यससँगै पछिल्लो समय गायव भएको सुनका मालिका चुडामणी उप्रेतिसँग उनको बारम्बार सम्पर्क देखिएपछि उनी पक्राउ परेका हुन् ।

गत फागुन ९ गते दुबइबाट तस्करी भएको साढे ३३ किलो सुन गायव भएपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो।

साढे ३३ किलो सुन गायव भएपछि फागुन १९ गते भरिया शनम शाक्यको हत्या भएको थियो।

त्यस्तै शाक्यको शव भेटिएको ४ दिनपछि थाइ एयरवेजका बरिष्ठ टेक्निसियन सानु बनको विमानस्थल भित्रै दुर्घटनामा परेर मृत्यु भएको खबर आयो । वनको मृत्यु कि हत्या यस विषयमा अनुसन्धान भइरहेको छ।

चैत ३० गते सुन प्रकरणमा पक्राउ परेका विमानस्थलमा कार्यरत लोडर प्रेमराज चौधरीले सिंहदरबार प्रहरी बृतमा आत्महत्या गरेका थिए।

सुन प्रकरण र त्यसमा सम्लग्नहरुको हत्या हुन थालेपछि गृह मन्त्रालयले सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.