१४ वर्षदेखि लागु औषध कारोबारमा, चौथो पटक पक्राउ

१४ वर्षदेखि लागु औषध कारोबारमा, चौथो पटक पक्राउ

मनोद्धिपक लागु पदार्थ एम्फेटामाइन आइस तथा याबा कारोबारमा सम्लग्न ३ जना पक्राउ परेका छन्।

लागु औषध नियन्त्रण ब्युरोको टोलीले कास्की लेखनाथ २ घर भइ काठमाडौं विशालबजारमा बस्दै आएका ६२ वर्षीय सुरज गौचन, नबिन मानन्धर र मुखिया गुरुङलाई पक्राउ गरेको हो ।

गौचनले १४ वर्षदेखि काठमाडौंमा आफ्नो संजाल बनाइ एम्फेटामाइन आइस कारोबार गर्ने गरेको डिआइजी ठूले राईले बताए। उनले नयाँ नयाँ ब्यक्ति खोज्ने, समूह बनाउने र हाल पत्थर कारोबारको नाममा एम्फेटामाइन आइसको विक्री गर्ने गरेको खुल्न आएको छ।

गौचन यसअघि २०७० साल भदौं १४ गते, २०७२ साल चैत २६ गते र २०६७ साल असोज २१ गते एम्फेटामाइन आइससहित पक्राउ परेका थिए। मानन्धरले भने आफैँले लगानी गरेर एम्फेटामाइन आइसको कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ।

मुखिया गुरुङ भने मनोद्धिपक लागु औषध याबासहित पक्राउ परेका हुन् । उनले काठमाडौं र अन्य सहरहरुमा समेत यसको विक्री गर्दथे ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.