दुई पुरुषको शव फेला, हत्या भएको हुन सक्ने आश‌ंका

दुई पुरुषको शव फेला, हत्या भएको हुन सक्ने आश‌ंका

पोखरा लेखनाथ महानगरपालिका–१३ स्थित दुई कुलाको मुहानमा आज दुई पुरुषको शव फेला परेको छ ।

प्रहरीका अनुसार मादी गाउँपालिका–३, ताङतिङ घर भई हाल पोखरा–१३, सिग्देलटोलमा बस्दै आएका कुमार नेपालीको पहिचान भएको छ भने अर्का एकजनाको पहिचान खुल्न बाँकी छ । उनीहरुको हत्या भएको हुन सक्ने आश‌ंका गरिएको छ।

घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.