विश्वका सबैभन्दा ठूला पाँच चोरी

विश्वका सबैभन्दा ठूला पाँच चोरी

१, द ग्रेट ट्रेन रोब्बरी

सन् १९६३ मा लण्डनमा भएको यस चोरीमा २ सय करोड रुपैयाँ चोरहरुले चोरेका थिए। १५ जना जतिको समूहले रेल रोक्न नक्कली सिग्नल देखाएर रकम चोरेका थिए।
चोरहरुले एक आपसमा नम्बरले बोलाएका थिए। फिंगर प्रिन्टको आधारमा केही चोर पक्राउ परेपनि रकम भने भेटिएन् ।

२, ब्याङको सेन्टर रोब्बरी

चोरहरुले बैंकको जग्गा सुरुमा किने। त्यसपछि त्यहाँ निमार्ण भइरहेको भन्दै बोर्ड राखे। एक दिन बैंकबाट ७० मिलियन अमेरिकी डलर चोरी भयो। हेर्दै जादाँ ७८ मिटरको सुरुङ खनेर चोरी भएको रहेछ। बैंकको जग्गा किनेर सोही बैंकमा चोरी गर्ने प्लान अनुसार जग्गा किनिएको रहेछ ।

३, नर्थरन बैंक रोब्बरी
सन् २००४ मा उत्तरी आयरल्याण्डमा बैंकमा चोरी भयो । चोरहरुले बैंकका कर्मचारीका परिवार बन्धक बनाएर ३ सय ३० करोड चोरी गरेका थिए।

४,ह्यारी विस्टन रोब्बरी
२००७ मा फ्रान्सको पेरिसमा रहेको गहना पसलमा चोरी भयो। महिलाहरु पनि चोरसँगै आएका थिए। ७ सय ५० करोडभन्दा बढी चोरी भएको थियो ।

५, पेरिस मोर्डन आर्ट म्युजियम रोब्बरी
२०१० मा पेरिस मोर्डन आर्ट म्युजियममा चोरी भयो । त्यहाँ महँगा महँगा कलाकारले महँगा आर्ट बनाएका थिए। त्यहाँबाट दुर्लभ प्रिन्टिङ हरायो जसको मुल्य थियो सय मिलियन अमेरिकन डलर। चोरहरु झ्यालबाट छिरेर त्यहाँ चोरी गरेका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.