सुन प्रकरण: डिएसपी  प्रजित केसी पक्राउ

सुन प्रकरण: डिएसपी  प्रजित केसी पक्राउ

डिएसपी  प्रजित केसी पक्राउ परेका छन् । साढे ३३ किलो सुन प्रकरणमा  मोरङ प्रहरीले उनलाई  नियन्त्रणमा लिएको हो।

सुन प्रकरणका विषयमा बयान दिन गृह मन्त्रालयले बनाएको छानबिन समितिले केसीलाई विराटनगर पठाएको हो। केसी हिजै विराटनगर पुगेका थिए।

भरिया सनम शाक्यको हत्यापछि केसी नेतृत्वको टोली काठमाडौंबाट विराटनगर गएको थियो। उनी नेतृत्वको टोलीले शाक्यकाे शव पाेस्टमार्टम गरी गाडीमा हालेर हिँडेको थियो।

समितिले पूर्वडिआइजी गोविन्द निरौला, एसपी विकाशराज खनाललाई यसै प्रकरणमा पक्राउ गरिसकेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.