आठ वर्षअघि अमेरिका गएका युवकको मृत्यु

आठ वर्षअघि अमेरिका गएका युवकको मृत्यु

अमेरिकामा एक रुकुमेलीको मृत्यु

2018-05-03 06:37

आठ वर्षअघि रोजगारीको क्रममा अमेरिका गएका एक रुकुमेलीको मृत्यु एको छ ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१४, तकसेराका २८ वर्षीय मरिचमान बुढामगरको निधन भएको हो ।

एक्कासि मुटुमा समस्या देखिएपछि अमेरिकास्थित बाल्टिमोरको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उपचार गर्दागर्दै उहाँको आइतबार बिहान निधन भएको मृतकका मामा चन्द्र बुढामगरले जानकारी दिनुभयो ।

मृतक बुढामगरको शव नेपाल ल्याउन समस्या हुने भएपछि अमेरिकामा नै अन्तिम संस्कार गरिएको उहाँले बताउनुभयो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.