सुन छानविनको नाममा प्रहरीमाथि बुलडोजर लगाउने काम – गणेश केसी

सुन छानविनको नाममा प्रहरीमाथि बुलडोजर लगाउने काम – गणेश केसी

सुन काण्डमा प्रहरी अधिकारीहरुमाथि मुद्दा चलाउने प्रक्रिया अघि बढाएपछि प्रहरी संगठनभित्र खैलाबैला मच्चिएको छ। संगठनमा मात्र होइन पुर्व प्रहरी अधिकारीहरुले समेत त्यसमा असन्तुष्टि जनाएका छन् ।

चैत २८ गते मात्र अवकाश पाएका पुर्व डिआइजी गणेश केसीले अनुसन्धान प्रक्रियाको छानविनको नाममा एउटा व्यवसायिक प्रहरीमाथि बुलडोजर लगाउने काम भएको आरोप लगाएका छन् ।

केसीले राखेको भनाइ

अपराध अनुसन्धानका अनेक टूल्सहरुमध्ये अफ द ट्रयाकुपनि महत्वपूर्ण टूल्सको रुपमा प्रहरीले विगतमा प्रयोग गर्दै आएको हो। असल नियतले जघन्य र संगठित अपराथकाअभियुक्तलाई पक्राऊ र प्रमाण जुटाउन यसको प्रयोग सघनरुपमा हुदै आएको तथ्य विर्सनु हुदैन।

आफ्नो चेन अफ कमान्डलाई विश्वासमा लिएर गरेको अनुसन्धान प्रक्रियाको छानविनको नाममा एउटा व्यवसायिक प्रहरीमाथि बुलडोजर लगाउने काम भएको छ।

आगामी दिनमा नेपाल प्रहरीलाई अपराध अनुसन्धानको संबैधानिक र कानूनि दायित्वबाट वलात् हटाउने शृङ्खलाको रुपमा आएको हो कि भनी शंका गर्नु पर्ने हुन्छ।

यस परिघटनाले फौजदारी अपराध अनुसन्धानका आगामी दिनहरु नेपाल प्रहरीको निम्ती कष्टकर हुनेछ।फौजदारी न्याय प्रणाली सुदृढ भयको देख्न चाहने सबैलाई चेतना भया।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.