३३ किलो सुनकाण्डमा प्रहरी हवल्दार अम्बर बहादुर थापा पक्राउ

३३ किलो सुनकाण्डमा प्रहरी हवल्दार अम्बर बहादुर थापा पक्राउ

प्रहरी हवल्दार अम्बर बहादुर थापा पक्राउ परेका छन्।

३३ किलो सुन प्रकरणमा फरार रहेका उनी पक्राउ परेका हुन्।

उनलाई शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको प्रहरीले बताएको छ।

थापालाई आइतबार जिल्ला अदालत मोरङमा उपस्थित गराउँदै छ।

मोरङ प्रहरीले विभिन्न चारवटा अपराधमा ६३ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ। घटनामा संलग्न मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ सहित ३३ जना अझै फरार रहेका छन्।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.