७९ एसपीको सरुवा, किरण बज्राचार्य ट्राफिक पथलैयामा

७९ एसपीको सरुवा, किरण बज्राचार्य ट्राफिक पथलैयामा

७९ जना एसपीहरुको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले एसपी किरण बज्राचार्यको ट्राफिक प्रहरी कार्यालय पथलैया बारा, मिरा चौधरीको जिल्ला प्रहरी कार्यालय बारामा सरुवा गरेको छ। कर्मचारी प्रशासन शाखामा रहेका एसपी रेवती ढकालको पर्सामा सरुवा भएको छ भने ओमबहादुर रानाको कास्कीमा सरुवा भएको छ।

उमा चर्तुबेती सुर्खेत, किसनसिंह थापा डोटी, गोबिन्द थपलियाको धनुषामा सरुवा भएको छ। त्यस्तै जयराज सापकोटकाको स्याङजा, चन्द्रकुबेर खापुङको कर्मचारी प्रशासन शाखा,विमल बस्नेतको गोरखा, माधब बहादुर श्रेष्ठको इलाम, रबिन्द्र केसीको रौतहट, रबिराज खड्काको काभ्रे, राजेन्द्र भट्टको नवलपरासी, रामेश्वर प्रसाद यादवको सिन्धुलीमा सरुवा भएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.