हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ,आफूले आफैंलाई गोली हान्न लगाएको अभियोग

हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ,आफूले आफैंलाई गोली हान्न लगाएको अभियोग

आचार्य श्रीनिवास पक्राउ परेका छन्।  हिन्दू धर्मगुरु आचार्य श्रीनिवास आफूले आफैंलाई गोली हान्न लगाएको अभियोगमा पक्राउ परेका हुन्।

धर्मगुरू श्रीनिवास आफैंले गोली हान्न लगाएको खुलेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान्त थापाले  बताए।

आचार्यमाथि चैत २५ गते मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह लगाउन पुगेका श्रीनिवासमाथि गोली प्रहार भएको थियो। तर, अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई पक्राउ गरिएको हो।

डिएसपी थापाका अनुसार गोली प्रहारमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका थिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.