आफैंलाई गोली हान्न लगाउने आचार्य श्रीनिवासलाई के मुद्दा चल्छ

आफैंलाई गोली हान्न लगाउने आचार्य श्रीनिवासलाई के मुद्दा चल्छ

आचार्य श्रीनिवासलाई प्रहरीले मुद्दा चलाएको छ । आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका उनलाई माेरङ प्रहरीले   हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरेको छ ।

उक्त मुद्दामा उनलाई अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय मोरङले १० दिनको म्याद दिएको छ।

आचार्यलाई जिल्ला प्रहरी मोरङको हिरासतमा राखेर हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक अरुणकुमार बिसीले बताए।

उक्त मुद्दामा आरोप प्रमाणित भए १ वर्ष कैद वा १ लाख जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।  उनीमाथि गत चैत २५ गते आचार्यमाथि गोली प्रहार भएको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.