‘मोदीको सुरक्षामा सेनाका पिएसअो बाहेक अन्य अह्रनखटनमा भारतीयहरूनै हावी’

‘मोदीको सुरक्षामा सेनाका पिएसअो बाहेक अन्य अह्रनखटनमा भारतीयहरूनै हावी’

२ दिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपाल आउँदैछन् । उनको सुरक्षा चासोलाई लिएर अहिले बिभिन्न अड्कलबाजी गरिएको छ।

यस अघि पनि मोदीको नेपाल भ्रमणमा उनको सुरक्षा भारतबाटै आएको कमाण्डो टोलीले गरेको थियो । अहिले पनि त्यही छ। यसले नेपाली सुरक्षा निकायको खिल्ली उडेको छ। माेदीकाे नेपाल भ्रमण र सुरक्षाा चासोका बिषयमा नेपाल प्रहरीका पुर्व डिआइजी केशव अधिकारी भनुहुन्छ-

२८-२९ गते नरेन्द्र मोदी नेपाल आउँदैछन। उनको भ्रमण कार्यक्रम र सुरक्षाकर्मीका वारै प्रशस्तै चर्चा भएका छन। नेपाली सेनासँग सहकार्य गरी छुट्टै घेरामा रहेर मोदीलाई सुरक्षादिने समाचार बाहिर आएता पनि  मोदीको मोटरमा नेपाली सेनाका PSO बाहेक अन्य अह्रनखटनमा बिगत झैं भारतीयहरूनै हावी हुने निश्चित छ। 
 
यस्तो किन हुन्छ?
 
नेपाली सुरक्षाकर्मी निडर, अब्बल र बिश्वस्नीय छन। बिदेशीहरूले पनी यो सत्यलाइ स्विकारेका छन। तर आन्तरिक सुरक्षाको सम्पुर्ण गतिबिधिसँग परिचित र आवश्यक परेका बेला जुध्न सक्ने ल्याकत राख्ने नेपाली सुरक्षाकर्मीको क्षमता र दक्षता भारतका सामु जहिले पनि ओझेलमा रह्रयो। हामीले आफ्नो क्षमता, सरोकार र सार्वभौम हैसियत प्रति अब पनि बोल्ने हिम्मत गर्ने कि नगर्ने?
 
१९८४, oct १६ मा भारतीय केन्द्रिय गृह मन्त्रालयको अधिनमा स्थापित National Security Guard- NSG भारतको बिशेष सुरक्षा बल हो।
यो Special Action Group(SAG) का कमाण्डोहरू भारतीय सेनाबाट Conversation Course गराइ तयार गरिन्छ। साथै Para Military बाट Ranger Course गराइ Special Ranger Group बनाइएको छ।
 
कालो पोशाक र कालो बिरालो अंकित Arm Batch का कारण यस्मा कार्यरत कमाण्डोलाइ ब्लाक क्याट भनिन्छ। यस्तो समुहबाट चौबिसै घन्टा घेरिएर बस्ने प्र.म. मोदीले आफ्नै सुरक्षाकर्मीको घेरा मन पराउनु स्वाभाविक हो तर बिदेशी भुमिको सार्वभौम मर्यादाको पनि हेक्का राख्नु पर्छ।
यसैगरी VVIP चढने सवारी कारकेड पनि नेपाली सुरक्षाकर्मीको अह्रनखटनमा चलेन बिगतमा। २०७१ साउन १८ र २०७१ मंसिर १०-११ गते प्र.म. मोदी नेपाल आउदा म ट्राफिक प्रहरी माहाशाखा प्रमुख थिए।
 
त्यो समय मोदीको सुरक्षा र सवारी कारकेडमा भारतीय सुरक्षाकर्मीको नाजायज हस्तक्षेपको म पनि भोक्ता र साक्षी हो। नेपालले तयार पारेको ‘बिशिष्ट ब्यक्तिको सुरक्षा ब्यवस्थापन कार्यविधि निर्देशिकाले’ नेपाल भ्रमण गर्ने कुनैपनि VVIP को सुरक्षा बन्दोबस्तिलाइ संबोधन गर्ने ल्याकत राख्छ, तर यसप्रति भारतीय सरकार बिशेष गरी Indian Beurocrats को नेपाललाइ हेर्ने दृष्टिकोणमा कहिले परिवर्तन आउँला ? सबैको जयहोस। (तस्बिर २०७१ मंसिर ११)

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.