आइजिपी सर्बेन्द्र खनालको ११ निर्देशन, घुस मागे १११३ मा फोन गर्नुहाेस्

आइजिपी सर्बेन्द्र खनालको ११ निर्देशन, घुस मागे १११३ मा फोन गर्नुहाेस्

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठन सुर्धान र जनतालाई सेवा प्रवाह दिन ११ वटा निर्देशन दिएका छन्।

उनले ७७ वटै जिल्ला प्रहरी कार्यालयमा ११ बुदेँ निर्देशन सर्कुलर जारी गरेका छन्।

३३ किलो सुन काण्ड लगायतका विषयमा प्रहरी आलोचित भइरहेका बेला उनले प्रहरी संगठन सुर्धान र जनतालाई सेवा प्रवाह गर्ने प्रयत्न गरेका छन् ।

प्रहरी सेवा प्राप्त नभए, प्रहरी कर्मचारीहरु आफ्नो कर्तब्यप्रति उदासिन रहेर सेवा प्रवाह गरेको जस्तो लागे, जाहेरी दरखास्त लिन नमाने, दर्ता नगरे, झुट्टा उजुरी दर्ता गरेमा खनालले हटलाइनको ब्यवस्था गरेका छन् ।

त्यस्तै ब्यावसायिक ढंगले प्रहरी आचरण ब्यवहार नगरेमा, ब्यावसायिक ढंगले अनुसन्धान नगरेको लागेमा, कानुन बिपरित थुनामा राखेमा, निर्दोष ब्यक्ति पक्राउ परेमा, प्रहरीले आर्थिक लाभ लिन खोजेमा र पदीय दुरुपयोग गरेर अनावश्यक दबाब दिएमा खनालले गुनासो सुन्न हटलाइनको ब्यवस्था गरेका हुन् ।

०१ ४४१०१४४ र १११३ नम्बरको हटलाइन सेवा सुरु गर्दै खनालले निर्देशन उल्लद्यन गरेको खण्डमा कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.