उपचारको बहानामा दिल्ली, त्यसपछि यौनधन्दामा लगाउने संचालक पक्राउ

उपचारको बहानामा दिल्ली, त्यसपछि यौनधन्दामा लगाउने संचालक पक्राउ

नुवाकोटकी एक युवती विरामी भइन्।

उनको चिनजानको साथीले भारतमा गएर उपचार गर्न सुझाए। भारत उपचार जाने तरखरमा रहेकी उनले साथीहरुकै माध्यमबाट अर्घाखाँचीका रमेश खत्रीसँग चिनजान भयो।

उपचारका लागि भारत जान खत्रीले नै कागजात बनाइदिए। गाडी भाडा पनि उनले नै हाले । भारतको नयाँदिल्ली लगेपछि उनलाई उपचार खत्रीले नयाँदिल्ली स्थित अपार्टमेन्ट बेश्यालयमा पुर्याए।

त्यो वेश्यालय मध्येका संचालक खत्री पनि थिए। उनले ती युवतीको नाङ्गो तस्बिर र भिडियो खिचे। यौन धन्दामा लगाए। कममा नलागे फोटो र भिडियो सामाजिक संजालमा हालिलिने धम्की दिए।

नेपाली युवती भारत लैजाने तिनै खत्री पक्राउ परेका छन् । नेपाल प्रहरीको सिआइबीले उनलाई पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत काठमाडौंबाट मानव वेचबिखन तथा ओसार पसार मुद्दामा म्याद थपको लागी पेश गरिएकोमा अनुसन्धानको लागि ७ दिन म्याद थप भएको छ ।

भारतको दिल्लीस्थित कोठीमा बिगत १३ बर्ष उनी कार्यरत रहेको प्रहरीले जनाएको छ । उनले दर्जनाैं युवतीहरु भारत लगेर याैनधन्दा गर्न बाध्य बनाइएकाे प्रहरीले बताएकाे छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.