सरुवा भएको ३ महिनामा नै काठमाडौंका एसएसपीलाई हटाउन लबिङ्ग

सरुवा भएको ३ महिनामा नै काठमाडौंका एसएसपीलाई हटाउन लबिङ्ग

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेललाई हटाउन लबिङ्ग शुरु भएको छ।  उनी काठमाडौं प्रहरी प्रमुख नियुक्त भएको ३ महिना मात्र पुगेको छ ।  उनलाई हटाउन प्रहरी भित्रको  समूह लागि परेको छ।

एसएसपी बसन्त लामा, हरी बहादुर पाल उनलाई हटाएर आफू काठमाडौं प्रहरी परिसरको प्रमुखमा आउन लागि परेका छन् । एसएसपी धीरजप्रताप सिंह पनि लागि परेको आइजिपीको सचिवालयले जनाएको छ।

लामा र पालले आइजिपी सर्बेन्द्र खनाललाई छुट्टाछुट्टै भेटेर काठमाडौं प्रहरी परिसरमा सरुवा गर्न आग्रह गरेका छन् । सिंहले भने असहयोग गरेको आरोप लगाउँदै आएका छन् ।

पाल राम्रा प्रहरी अधिकृतमा गनिन्छन भने लामाको छबि त्यति राम्रो छैन्।

तर प्रहरी प्रधान कार्यालयले भने तत्काल काठमाडौं प्रहरी परिसरका प्रमुख परिवर्तन नहुने जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.