माधव वाग्लेसहित ६ जना नक्कली नेपाली नोटसहित पक्राउ

माधव वाग्लेसहित ६ जना नक्कली नेपाली नोटसहित पक्राउ

माधव वाग्लेसहित ६ जना २ करोड ६० लाख नक्कली नेपाली नोटसहित पक्राउ परेका छन् । प्रहरीले वाग्लेसहित महेन्द्र वोगटी, सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी, विकेश नापितलाई पक्राउ गरेको हो।

उनीहरुबाट २ करोड साठ्ठी लाख त्रिसठ्ठी हजार रुपैयाँ बराबरको नक्कली नेपाली रूपैयाँका नोट बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

प्रिनसेस मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठाबाट मात्र १ हजार दरका २ करोड ५२ लाख नक्कली नेपाली रूपैयाँ बरामद भएको उनले बताए।

फिल्मका  लागि नोट छापिएको वाग्लेले जनाएका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.