सुन तस्करी जेरीजस्तै जेलिएको

सुन तस्करी जेरीजस्तै जेलिएको

३३ किलो सुन र सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त चुडामणि शर्मा ‘गोरे’ लाई प्रहरीले सार्वजनिक गरेको छ।

सुन छानबिन समितिले गोरेलाई काठमाडौंको गौरीघाट पक्राउ गरेको जानकारी दिएको छ। समिति संयोजक सहसचिव ईश्वर पोखरेलले उनलाई आजै जिल्ला अदालत मोरङमा पेश गरिने जानकारी दिए।

‘संयोजक पौडेलले भने, ‘सुन तस्करी जेरीजस्तै जेलिएको छ। हामीले थप सूचना पनि पाएका छौं।

गृह मन्त्रालयमा उनलाई सार्वजनिक गरिएको हो। पत्रकार सम्मेलनमा उनलाई केही बोल्न दिइएको थिएन भने छानबिन समितिलाई पनि प्रश्न गर्न रोक लगाइएको थियो।

गोरेलाई क्यामेरासामू ल्याएपछि पत्रकारले उनले लगाएको टोपी हटाइदिन प्रहरीलाई अनुरोध गरेका थिए।

पत्रकारको अनुरोध सुनेका गोरे आफैंले टोपी निकालिदिए ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.