पक्राउ पर्नुअघि गोरेको भिडियो, मलाई पनि फसाइदैँ छ

पक्राउ पर्नुअघि गोरेको भिडियो, मलाई पनि फसाइदैँ छ

सुन तस्करीका मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेले आफूलाई पनि सुन काण्डमा फसाइएको बताएका छन् ।

पक्राउ पर्नु अघि भिडियो बनाएर सार्वजनिक गरेका उनले सुन काण्ड र सनम शाक्य हत्यामा आफूको सम्लंनता नरहेको बताए। आफूले अढाइ वर्षदेखि काम छाडेको र सनम शाक्यले सबै हेर्ने गरेको उनले बताएका छन्। सुन हराएको बेला आफू कलकत्तामा कामका लागि गएको र हराएको सुचना पाएपछि नेपाल आएको उनले बताए।

सुन खोज्न आफूहरु लागेपछि सनमको हत्या हुनु एक दिन अघि आफू हिँडेको उनले बताएका छन् । सनम मरेपछि उनको शव प्रहरी बोलाएर जिम्मा लगाएको उनले भनेका छन्।

सुन आफनो नभएको र आफूलाई पनि दबाब भएको उनले बताए। कि सुन खोज्नु पर्ने कि पैसा तिर्नुपर्ने दबाब आफूमाथि आएको उनले बताए। सुन आफ्नो नभएर छिरिङ्ग र भारतीय नागरिक मोहनकुमार अग्रवालको भएको उनले बताएका छन् ।

आफूलाई आत्मसमर्पण गर्न मन लागेको पनि उनले भिडियोमा भनेका छन् ।

भिडियो केन्द्रबिन्दु टिभीबाट

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.