बालकृष्ण ढुंगेललाई सजाय मिनाहासम्बन्धी सक्कल फाइल झिकाउन आदेश

बालकृष्ण ढुंगेललाई सजाय मिनाहासम्बन्धी सक्कल फाइल झिकाउन आदेश

सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका बालकृष्ण ढुंगेललाई सजाय मिनाहासम्बन्धी सरकारले गरेको भनिएको निर्णयको सक्कल कागजात पेश गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा आज बहस नसकिएकाले अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि मंगलबार लागि पेशी तोकी सजाय मिनाहासम्बन्धी सक्कल कागजात पेश गर्न आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा माफी दिने ‘सरकारी निर्णय’ रोक्न माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दिनुभएको थियो ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले शुक्रबार ढुंगेललाई माफी दिनाको कारणसहित २४ घण्टाभित्र दुवै पक्षलाई छलफलका लागि आज बोलाएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.