जंगलमा बेवारिसे अवस्थामा भेटियो गाँजा

जंगलमा बेवारिसे अवस्थामा भेटियो गाँजा

पूर्वी चितवनस्थित राप्ती नगरपालिकाको एक जंगलमा बेवारिसे अवस्थामा लागुऔषध गाँजा फेला परेको छ ।

राप्ती नगरपालिका वडा नं १ को महादेवटारस्थित सुरदेवी सामुदायिक वनभित्र लुकाइराखेका अवस्थामा ५० किलो प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

आज दिउँसोको समयमा उक्त वनमा घाँस काट्न गएका स्थानीय मानिसले जंगलमा गाजाको ठूला पोका देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले दिएको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीको टोलीले पाँच किलो तौलको १० वटा पोकामा बाँधेर राखेको अवस्थामा अपराह्न गाजा फेला पारेका थिए ।

उक्त गाँजालाई इलाका प्रहरी कार्यालय भण्डारामा ल्याइएको प्रहरीले जनाएको छ । गाँजा कसले राखेको भन्ने पहिचान हुन नसकेकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यता चितवन प्रहरीले ठूलोमात्रामा प्रतिबन्धित औषधिसहित एकजनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं ३ कमलनगरबाट कालिकोटका २४ वर्षीय भुवन अधिकारीलाई ठूलो परिमाणमा औषधिसहित पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

उनको झोलाबाट प्रतिबन्धित औषधि ट्रामा ८१ पत्ता, भोमिन नामको ७९ पत्ता फेला परेको र उनको कोठाबाट ११ हजार १७० ट्याब्लेट भुमिन र २२ हजार ५२० ट्याब्लेट ट्रामाजोलसहित रु नगद रु १० हजार फेला परेको प्रहरीले जनाएको छ ।
–––

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.