गर्भवतीको हत्या
सप्तरीको राजविराज नगरपालिका १५ मा एक जना गर्भवतीको हत्या भएको छ ।
राजविराज नगरपालिका–१५ मुसहर्नियाकी १७ वर्षीया बेचनीकुमारी साहको हत्या भएको र हत्या गरी ट्वाइलेटको रिङले छोपिएको अवस्थामा आज शव फेला परेको प्रहरी नायब उपरीक्षक भोवेश रिमालले बताउनुभयो । गर्भवती रहेकी बेचनी कुमारीको करीब ४ र ५ दिनअघि नै हत्या भएको प्रहरीले जनाएको छ ।
हत्या गरी फालिएको अवस्थामा शव कुहिएर दुर्गन्ध फैलिएपछि घटनाबारे खुलासा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गाउँमै दुर्गन्ध फैलिएपछि खोजी गर्ने क्रममा ट्वाइलेटको रिङले छोपिएको अवस्थामा शव भेटिएको हो ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राखेको छ । मृतकका पति ३५ वर्षीय सुजकुमार साह डेढ वर्षीया छोरी प्रतिमालाई लिएर बेपत्ता भएका छन् । घटनाबारे थप अनुसन्धान भइसकेको प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभयो । पतिले नै हत्या गरेको मृतक बेचनीको माइती पक्षले आरोप लगाएका छन् ।
यसअघि दुई दिनअगाडि पनि राजविराज नगरपालिका–९ स्थित मलेठमा ससुराली आएका एक युवकको ससुरा, जेठान र श्रीमतीले कुटपिट गरी हत्या गरेका थिए ।
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...