कैलाश खड्का र गोबिन्द थपलिया अझै पक्राउ परेनन्

कैलाश खड्का र गोबिन्द थपलिया अझै पक्राउ परेनन्

प्रहरीले जिएसजीका संचालक गोबिन्द थपलिया र माइग्रामका मुख्य नाइके कैलाश खड्कालाई अझै पक्राउ गरेको छैन् । उनीहरु २७ दिनदेखि फरार रहेको प्रहरीले जनाएपनि काठमाडौंमा खुलेआम हिँडिरहेका छन् ।

श्रम मन्त्रालयको आग्रहमा काठमाडौं प्रहरीले झण्डै एक महिनाअघि भिएलएन नेपाल वन स्टेप सेन्टर, जिएसजी, माइग्राममा छापा मारेको थियो। भिएलएनका संचालक राम प्रसाद श्रेष्ठ पक्राउ परेका थिए भने गोबिन्द थपलिया पक्राउ परेको केही बेरमा नै छुटेका थिए। भगाएपछि प्रहरीले थपलिया र बायोमेट्रिकका संचालक कैलाश खड्कालाई फरार सुचीमा राखेको छ।

थपलियालाई प्रधानमन्त्री केपी ओली र खड्कालाई शेरबहादुर देउवा पत्नी आरजुको संरक्षण गरेको ब्यवसायीहरुले बताएको छ।

रामप्रसाद श्रेष्ठलाई भने काठमाडौं जिल्ला अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएपनि फेरि ललितपुर प्रहरीले पक्राउ गरेको छ। एउटै ठगी मुद्दामा श्रेष्ठलाई २ पटक कसरी मुद्दा चलाउन मिल्छ, एक कानुन ब्यवसायीले भने, उनलाई फसाउने खेल भइरहेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.