पहिरामा पुरिएका चारको ३९ घण्टापछि उद्धार
अरुण तेस्रो सुरुङमार्ग निर्माणका क्रममा पहिरो खस्दा बेपत्ता भएका चार जनाको ३९ घण्टापछि सकुशल उद्धार गरिएको छ ।
शुक्रबार राति करीब ८.४० बजे सुरुङमार्गको बाँधस्थल नुमको फ्याक्सिन्दा भन्ने स्थानमा पहिरो खसेको थियो ।
कालीकोट सिउना गाउँपालिका निवासी ३२ वर्षीय प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का ४४ वर्षीय प्रेम परियार, भारत झारखण्ड बस्ने ५५ वर्षीय डोजर अप्रेटर बुधन मुण्डा र बिहार बस्ने ४५ वर्षीय इलेक्ट्रोनिक इञ्जिनीयर नन्दकिशोरको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार सारु मगरले बताउनुभयो ।
उद्धारका लागि घटनास्थलमा ६ स्काभेटर र डोजर प्रयोग गरिएको थियो । पहिरो करीब ६० मिटर माथिबाट खसेको थियो । उनीहरुको स्वास्थ्य परीक्षण गर्न जिल्ला अस्पताल खाँदबारी ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।
अरु समाचार
पाल्पा बस दुर्घटना, छ जना मृतकको सनाखत
पाल्पा बस दुर्घटनाका छ मृतकको सनाखत भएको छ । सात जनामध्ये एक जनाको ...
मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु
सुनसरी रामधुनी नगरपालिका-६ कान्छिचौक–चतरा सडक खण्डको सुनसरी खोला पु...
बस दुर्घटनामा २ जनाको मृत्यु, ३५ जना घाइते
सुनकोशी गाउँपालिका-३ छापागाउँस्थित सडकमा बा.३ ख ८०३० नम्बरको बस आफै...
मोटरसाइकलको ठक्करबाट पदैल यात्रीको मृत्यु
उदयपुर बेलका नगरपालिका ५ गलेनी स्थितमा पुर्वतर्फ जादै गरेको प्रदेश ...
रोकी राखेको टेम्पोमा रुख ढलेर एक जनाको मृत...
उदयपुर उदयपुरगढी गाऊपालिका ७ अधेरी स्थितमा रोकी राखेको टेम्पोमा सखु...
सुमो दुर्घटनामा चालकको मृत्यु तथा ४ जना घाइते
मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका-२ सिमखोलास्थित सडकमा ना.१ ज २११४...
ट्याक्टर र टेम्पो ठोकिँदा दुईको मृत्यु
झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाले ज्यान गुमाए...
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारास्थित सडकमा ना.८ ख १९८९ नम्बरको ...