एपीएफका पाँच एआइजीले राजीनामा दिए

एपीएफका पाँच एआइजीले राजीनामा दिए

सशस्त्र प्रहरी बलका पाँच जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)ले  राजीनामा दिएका छन्।

एआइजीहरू जानकीराज भट्टराई, सुबोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले बिहीबार राजीनामा दिएको सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालको सचिवालयले जनाएको छ।

बुधबारको मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारका राजनीतिक नियुक्तिका निर्णय खारेज गर्ने निर्णय गरेको भोलिपल्ट उनीहरूले राजीनामा दिएका हुन्। राजीनामाको कारणबारे भने खुलाइएको छैन।

यसअघि सरकारले सशस्त्रका एआइजीको पद कटौती गरेको थियो। पद कटौतीपछि उनीहरू जिम्मेवारीविहीन भएका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.