महोत्तरीमा महिलाको हत्या, दुईजना पक्राउ
महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१, ढेकहा गाउँमा हिजो साँझ एक महिलाको हत्या भएको छ ।
हत्या हुनेमा पिपरा गाउँपालिका–१, ढेकहा गाउँ बस्ने श्याम महतोकी ३० वर्षीया पत्नी रीता देवी रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जीउभरि निलडाम र चोटपटक लागेको अवस्थामा हिजो साँझ रीता देवीको शव उनको आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको हो ।
स्थानीय छिमेकीसँग प्रहरीले सोधपुछ गर्दा रीता देवीकी सासू मन्तोरिया देवी र नन्द शान्तिदेवीसँग उनको ठूलो झगडा परेको तथा सासू र नन्दले रीतालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । तर स्थानीयले रीता कसरी घरमा झुण्डिइन् वा झुण्डयाइएको हो र उनको मृत्यु कुटपिटबाट भएको वा अन्य कुनै कारणबाट भएको भन्नेबारे जानकारी नरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।
यता प्रहरीले रीताको मृत्यु कुटपिटबाट भएको हुनसक्ने आशंका गर्दै अनुसन्धानका लागि मृतक रीताकी सासू मन्तोरिया देवी र नन्द शान्तिदेवीलाई बुधबार साँझ नै पक्राउ गरी ल्याएको छ भने घटनाबारे विशेष अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
–––
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...