कुरीन्टारमा बस दुर्घटना हुदाँ ५ जनाको मृत्यु,चालक प्रहरी नियन्त्रण

कुरीन्टारमा बस दुर्घटना हुदाँ ५ जनाको मृत्यु,चालक प्रहरी नियन्त्रण

चितवनको  ईच्छाकामना गाउँपालिका-५ कुरीन्टार स्थित सडकमा बस दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ।

काठमाडौंबाट पोखरातर्फ जादै गरेको ना. ६ ख २५०६ नम्बरको बसलाई ना. ५ ख ७४०९ नम्बरको ट्रकले शुक्रबार ठक्कर दिंदा बस त्रिशुली नदीको किनारमा खसेको हो ।

दुर्घटना हुँदा २ महिला र ३ पुरुष गरी ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएकोले उपचारार्थ भरतपुरतर्फ लगिएको छ ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.