हत्या गरिएका चार दिनपछि किशोरीको अन्त्येष्टि, सिआइबीको टोली भीमदत्तनगरमा

हत्या गरिएका चार दिनपछि किशोरीको अन्त्येष्टि, सिआइबीको टोली भीमदत्तनगरमा

गत शुक्रबार राति हत्या गरिएका कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको आज बिहान महाकाली नदीमा अन्त्येष्टि गरिएको छ ।

किशोरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भीमदत्तनगरका विभिन्न संघ संगठन र नागरिक समाजले शनिबार सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग राखी आन्दोलन थालेका थिए ।

शनिबार बिहान भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा किशोरीको शव भेटिएको थियो । सोही दिन प्रहरीले शव महाकाली अञ्चल अस्पताल पु¥याएर परीक्षणसमेत गराएको थियो ।

घटनापछि आक्रोशित स्थानीयले भीमदत्तनगर बजारमा प्रदर्शन गर्दैै हत्यारालाई कारबाहीको दायरामा नल्याएसम्म किशोरीको शव बुझ्न मानेका थिएनन् । प्रहरीले उक्त घटनामा गम्भीर छानविन नगरेको भन्दै स्थानीयवासी बढी आक्रोशित बनेका हुन् ।

किशोरीका हत्याको बिरोधमा कञ्चनपुरसँगै कैलालीमा समेत विद्यार्थीले प्रदर्शन गरेका छन् । भीमदत्तनगरपालिका कार्यालयमा समेत आन्दोलनरत पक्षले आक्रोश व्यक्त गर्दै आएको छ । शनिबारयता विभिन्न स्थानमा आन्दोलनरत पक्ष र प्रहरीबीच सामान्य झडपसमेत भएका छन् ।

सोमबार बिहान किशोरीको अन्त्येष्टिका लागि उहाँका आफन्त, गाउँलेसँगैै प्रदेश नं ७ का प्रदेशसभा सदस्य प्रकाश रावल, भीमदत्तनगरपालिकाका प्रमुख सुरेन्द्र विष्टलगायत स्थानीय तहका प्रतिनिधिहरु पुगेका थिए ।

छोरीलाई दागबत्ती दिँदै किशोरीका बुबा यज्ञराज पन्तले हत्यारालाई कारबाहीको मागसमेत गर्नुभयो ।

किशोरीका हत्यापछि सर्वत्र विरोध हुनुका साथै अहिलेसम्म भीमदत्तनगरको स्थिति सामान्य हुन सकेको छैन ।

त्यसैगरी घटनाबारे अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पनि भीमदत्तनगर आइपुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिनुभयो ।

हत्याको छानबीनका लागि सिआइबीबाट प्रहरी नायव उपरीक्षक अंगुर जिसी नेतृत्वको तीन सदस्यीय टोली यहाँ आइपुगेको हो । कञ्चनपुर प्रहरीसित समन्वय गरेर टोलीले काम थालिसकेको जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.